सुदूरपश्चि प्रदेश सरकार : पुरानै कार्यक्रमलाई प्राथमिकता राखेर ल्यायो नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा पहिलो पाँच वर्षे कार्यकालको अन्तिम नीति तथा कार्यक्रम प्रदेशसभामा पेश भएको छ । प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७९(८० को नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले आइतबार प्रदेश सभामा पेश गरेका हुन् । नीति तथा कार्यक्रममा प्रदेश सरकारले पुरानो कार्यक्रमलाई नै प्राथमिकतामा राखेर प्रस्तुत गरिएको छ । विगतका वर्षमा सरकारले ल्याएका अधिकांश कार्यक्रमलाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम अनुसार अघिल्लो आर्थिक वर्षमा अघिल्ला योजनालाई प्राथमिकतामा राख्दै प्राविधिक शिक्षा, नमूना कृषि गाउँ आफैँ बनाऔँ, किसान हुनुमा मलाई गर्व छ, मुख्यमन्त्री एकीकृत बस्ती विकास, म हिँड्छु मेरो प्रदेश हिँड्छ, एक विद्यालय, एक नर्स, खोज अनुसन्धान, दिगो वन व्यवस्थापन, प्रदेश गौरवका आयोजना लगायतका कार्यक्रमलाई अघि सारेको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषिलाई प्राथमिकता राख्दै साना तथा गरिब किसानलाई ऋण र व्यावसायिक किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको छ । भूमिहीन र व्यावसायिक किसानलाई कृषि पेशामा सहयोग गर्न भूमि बैङ्क स्थापना गर्ने, विद्युतीय अभिलेख तयार गरी प्रादेशिक भू–सूचना प्रणाली विकास गरिने , प्रत्येक स्थानीय तहमा बीउ स्रोत केन्द्र, चिस्यान केन्द्र र मूल्य शृङ्खलामा आधारित कृषि व्यवसायको विकास गर्दै रोजगारी सिर्जना गने नीति लिइएको छ ।

जलविद्युत आयोजनालाई प्रदेश सरकारले आफैँ वा साझेदारीमा सञ्चालन गर्ने नीति अवलम्बन गर्ने नीति लिएको छ । जडीबुटी प्रशोधन कम्पनी स्थापना गरी रोजगारी सृजना गर्ने, वनमा आधारित उद्योग स्थापना गर्ने, खप्डकलाई आध्यात्मिक र कञ्चनपुरको लालझाडी गाउँपालिकालाई रानाथारु संस्कृति पर्यटनका रूपमा चिनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सुदूरपश्चिमको खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश खेलकुद नीति लागू गरिने जनाइएको छ । कैलालीको सेती प्रादेशिक र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डाइलासिस सेवा विस्तार गर्ने, सुदूरपश्चिममा ५० शय्याको आयुर्वेदिक प्रादेशिक अस्पताल सञ्चालन गरिने नीति लिएको छ ।

सुदूरपश्चिम-प्रदेश-सरकारको-आ.व.-२०७९-०८०-वार्षिक-नीति-तथा-कार्यक्रम

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.