जिफण्ट सुदूरपश्चिम प्रदेशको अध्यक्षमा : मल्ल

अग्नी संवाददाता
धनगढी,२४ जेठ : नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जित बहादुर मल्ल निर्विरोध चयन भएका छन् । मङ्गलवार प्रथम अधिवेशनबाट अध्यक्षमा मल्ल निर्विरोध निर्वाचित भएका हुन् ।
जिफण्टको प्रदेश सचिवमा चन्द्र प्रकाश गैरे, उप सचिवमा शोभा रावल निर्विरोध चयन भएका हुन् ।
यस्तै सदस्यमा कृष्ण प्रसाद डुगेंल, चन्द्रा खड्का,चित्रा ओझा, गीता सिंह, विष्णुमाया अर्याल, कमला देवकोटा, दान बहादुर चन्द, कर्ण बहादुर हमाल, दान बहादुर विष्ट, अर्जुन न्यौपाने, भोज बहादुर ऐर कृती बहादुर शाही, माधवी शाही र हिरादेवी विष्ट चयन भएका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.