सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

अग्नी संवाददाता
अत्तरिया, २६ जेठ : सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । राप्रपा निकट रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा तालाबन्दी गरेको हो ।
संगठनले सुपवि कानुन संकायको दोस्रो सेमेस्टरमा अध्ययनरत छात्र अंश वर्मालाई व्यक्तिगत कारणले एनक्यु लगाएर परिक्षामा बस्न नदिएको भन्दै विज्ञप्ति जारि गर्दै तालाबन्दी गरेको हो ।
‘विश्वविद्यालयको नियमानुसार ८० प्रतिशत हाजिर पुगेका विद्यार्थीले मात्र परिक्षामा सहभागी हुन पाउने नियम छ तर अधिकांश विद्यार्थीहरुको ८० प्रतिशत नपुगेतापनि परिक्षामा सहभागी भैरहेका छन’ संगठनका इकाई कमिटि अध्यक्ष प्रेम रावलले भने, ‘नियम सबैका लागि समान हुनुपर्छ कि त कसैलाई बस्न दिनु भएन कि सबैलाई बस्न दिनु पर्यो, व्यक्तिगत मुद्दा लिई एन.क्यु. लगाई परिक्षामा सहभागी हुनबाट बन्चित गर्न पाइदैन ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.