सुदूरपश्चिम सरकारको बजेट: खानेपानी संरचना निर्माण गर्न १ अर्ब ६७ करोड
धनगढी : सुदूरपश्चिममा खानेपानी संरचना निर्माण तथा पुननिर्माणमा १ अर्ब ६७ करोड बढी बजेट विनियोजन भएको छ।
प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आज प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन्। उनका अनुसार १ अर्ब ६७ करोड ९७ लाख बजेट खानेपानी संरचना निर्माण तथा पुननिर्माणका लागि विनियोजन गरिएको हो।