पानी नपर्दा किसान समस्यामा

अत्तरिया : किसान पानी नपर्दा चिन्तित बनेका छन् । बर्षात र रोपाइँको सिजनमा सुरु भएपनी कैलालीमा आकाशे पानी नपर्दा किसान चिन्तीत भएका हुन् । त्यसैमा महँगो डिजेल र मल समस्याका कारण चिन्तित बनाएको छ कैलालीका किसानलाई । कैलारी गाउँपालीका ५ पबेराका वीरबहादुर चौधरी रोपाइँको सिजनमा महँगो डिजेल र मल समस्याका कारण चिन्तित छन्। यसपालिको धान खेती गरेर पार नलाग्ने सोचमा उनी छन् ।

किसानको समस्या त कसैले सुन्दैनन् वीरबहादुर चौधरीले भने–‘मलखाद त पाइँदैन महँगो डिजेलले थप समस्या भएको छ ।’ वीरबहादुर एक प्रतिनिधि पात्र मात्रै हुन् कैलालीका किसानहरूलाई यस वर्षको धान खेती गर्न निकै धौधौ परेको छ । कैलालीमा अहिलेसम्म वर्षात् सुरु नहुँदा रोपाइँ गर्न निकै समस्या हुन लागेको हो । असार पहिलो सातासम्ममा धान रोपाइँमा कैलालीका किसानहरू फाट्टफुट्ट व्यस्त देखिए पनि माना रोपेर मुरी फलाउने किसानहरूलाई डिजेलको मूल्य बढेर थप समस्यामा परेका छन् ।

किसानहरूको खेतमा रोपेको धान पनि र धानका बेर्ना पनि सुक्न थालेका छन् । पानी नपर्दा डिजेल प्रयोग गरेर बोरिङबाट सिँचाइ गर्नुपर्ने बाध्यता भएको कैलारी गाउँपालिका–५ पबेराका धनियाँदेवी चौधरीले बताउँछिन् । पानी नपर्दा खेतमा निकै मेहेनत गरेर रोपेको धान पनि सुक्न थालेका छन् । लालीका अधिकांश किसानहरू आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गर्दछन्। तर, असारको पहिलो सातासम्म पनि मनसुन सुरु नहुँदा यहाँका किसानहरू आकाश हेरेर बस्नुपर्ने बाध्यता छ। यसपालिको धान रोपाइँ गर्न निकै महँगो परिरेहको कैलारी–५ पबेराको जनक चौधरीको गुनासो छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.