गेटा मेडिकल कलेजको निर्देशकको जिम्मेवारी जोशीलाई

धनगढी,९ असार : राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद जोशीलाई कैलालीको गेटा मेडिकल कलेजको निर्देशकको जिम्मेवारी दिइएको छ ।

ट्रमा सेन्टरबाट सरुवा गर्दै जोशीलाई गेटा मेडिकल कलेजमा सरुवा गरेको हो । जोशीले यसअघि सेती प्रादेशिक अस्पतालमा पनि लामो समयसम्म काम गरेका थिए। गेटा मेडिकल कलेज सञ्चालनको विषयलाई लिएर स्थानीयहरु आन्दोलित समेत छन् । सरकार अस्पताल सञ्चालनका लागि कुनै निर्णय गर्न सकेको छैन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.