धनगढीमा महिला हिंसा न्यूनीकरणका लागि छलफल

धनगढी, ९ असार : महिला हिंसा न्यूनीकरणका लागि सर्वप्रथम घरबाट सुरु गर्नुपर्ने सरोकारवाला निकायले जोड दिएका छन । बिहीबार धनगढीमा मानव अधिकारका लागि महिला एकल महिला समुहको आयोजनामा भएको छलफल कार्यक्रमका सहभागिले यस्तो बताएका हुन । महिला हिंसाका घटना घर भित्र हुने भएको हुँदा त्यसको न्यूनीकरणका लागि पनि घरबाट सुरु गर्नुपर्ने अधिकारकर्मी शेरबहादुर बस्नेतले बताए । ‘महिला हिंसाको जड घर भित्र रहेका छ’, उनले भने ‘त्यसको न्यूनीकरणका लागि पनि घरबाट सुरुवात गर्न आवश्यक भएको छ ।’
कार्यक्रममा सहभागि इन्सेक सुदूरपश्चिम संयोजक खडकराज जोशीले महिला हिंसाको मुद्धा सबैको साझा भएको हुँदा जफावदेहिता सबैको रहेका बताए ।
महिलाको पक्षमा राज्यले राम्रो कानुन बनाएको भए पनि त्यो अनुसार समाजको संरचना नभएको हुँदा समस्या हुने गरेको महिला अधिकारकर्मी तथा पूर्व जनप्रतिनिधि रत्ना विष्टले बताईन् । ‘परिवारिक संरचनाले गर्दा महिला हिंसा भएका छन्’, उनले भनिन् ‘यसको न्यूनीकरणका लागि सामाजिक कानुन ताड्न आवश्यक छ ।’
अधिकारकर्मी चित्रा पनेरु र गोमा आचार्यले पनि महिला ंिहंसा घरको संरचनाले गर्दा भएको दोहोर्इन । घर भित्र महिला ंिहंसा भएका छन् तर, धेरै महिला दिदि वहिनीहरु सहेर बसेको अधिकारकर्मी पनेरुले बताईन् । घर भित्र नै महिला हिंसा गर्ने वातावरण बन्दै गएको अधिकाकर्मी आचार्यले बताईन् ।
यस्तै गरी कार्यक्रममा कैलारी गाउँपालिका बस्ने एकम महिला शान्ति चौधरीले महिला हिंसा सम्बन्धी छलफल गाउँ तह सम्म गर्नुपर्ने सुझाईन् । उनले विभिन्न शिविर हरुमा थुप्रै महिला हिंसा भएका तर, वाहिर मात्र आउन नसकेको उल्लेख गरिन् । ‘महिला हिंसाहरु सहर भन्दा बढी गाउँमा भएका छन्’, उनले भनिन् । ‘तर, वाहिर मात्र आउन नसकेका हुन् ।’
कार्यक्रममा नेपाल वार कैलालीका अध्यक्ष सिद्धराज ओझाले सम्बन्ध विच्छेदका घटना बढी हुनुमा वैदेशिक रोजगारी एक प्रमुख कारण रहेको देखिएको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले सिमान्तकृत महिलाहरु माथि हुने हिंसा अदालत सम्म अहिले पनि पुग्न नसकेको बताए । उनले त्यसका लागि वडा तहमै छलफल गर्नुर्पेमा जोड दिए ।
अधिकारकर्मी सविना सुनारले महिला हिंसाहरु अन्य समुदाय भन्दा बढी दलित सुमदायमा रहेको उल्लेख गरिन् । ‘अझै पनि समाजमा विभिन्न जातियताका नाममा थुप्रै प्रकारका हिंसा भएका छन्’, उनले भनिन् । ‘त्यसको न्यूनीकरण्का लागि त्यहि समुदायमा जनचेतनाका कार्यक्रम गर्न आवश्यक देखिन्छ
कार्यक्रममा सहजीकरण गर्दै अधिवक्ता गणेश कडायतले महिला हिंसा चिनजानकै बाट बढी भईरहेको बताए । उनले प्रस्तुत गरेको तथ्यांक अनुसार १७ दशमलव १ प्रतिशत घट्ना मात्र अपरिचित व्यक्तिबाट भईरको बाँकी घट्ना परिवार अर्थात चिनजानकै व्यक्तिबाट भईरका छन् । १९ देखि ४५ बर्षका महिला समुहरु बढी हिंसामा परेको कडायले प्रस्तुत गरेको कार्यपत्रमा उल्लेख गरेको छ । महिला हिंसा भएकै कारण समाजमा सम्बन्ध विच्छेदका घट्नाहरु पनि त्यतिकै मात्रामा भईरहेका छन् ।
उनल् प्रस्तुत गरेको कार्यपत्रमा २०७८ साउन एक देखि २०७९ असार तीन सम्म सबै भन्दा बढी सम्बन्ध विच्छेदका घट्ना भएका छन् । ४ सय ३८ वटा सम्बन्ध विच्छेदका घटना भएको देखिएको छ । त्यसपछि जवरजस्ती करणीका घटना रहेका छन् र जवर जस्तीकरणका एक सय ३१ घटना भएका छन् । बहु विवाह ४३, बाल विवाह एक, घरेलु हिंसाका घटना १० वटा भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.