अत्तरियामा शाइन रेशुङ्गा डेभलपमेण्ट बैंकको शाखा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा शाइन रेशुङ्गाले डेभलपमेण्ट बैंकले शाखा बिस्तार गरेको छ । शुक्रबार अत्तरिया शाखाको एक कार्यक्रमका बिच गोदावरी नगरपालिका का प्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरे ।
बैंकले सुदूरपश्चिम प्रदेशमा शाखा विस्तार गर्ने उदेश्यले अत्तरियामा पनि आफ्नो शाखा विस्तार गरेको हो । बैंकको अत्तरिया शाखा ८५ औं शाखा हो । बैंकको अधिकृत पुँजी ५ अरब रहेको छ ।

यस्तै चुक्ता पुँजी ३ अरब ७८ करोड १० लाख रहेको छ । बैंकको प्रमुख कार्यालय बुटवालमा रहेको छ । उदघाटन कार्यक्रममा नगरपलिकाका उपमेयर शारदा देबी रोकाया, वडा अध्यक्षहरु ,स्थानिय व्यवसायीहरु र विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.