कर्मचारी लुटपाट प्रकरण : कार नजिकै भेटिए भारतीय लुटेरा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा नेपाली नागरिक लुटपाट गर्ने तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हरियाणाका २१ वर्षका भगत सिंह,१७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट रहेका छन् । उनीहरूलाई गोदावरी नगरपालिका १ को जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरू पक्राउ पर्नु भन्दा अगाडि प्रहरीले उनीहरूले लुटेर लगेको ०१–२३–च ६०२१ नम्बरको कार फेला पारेको थियो ।

सोमबार दिउँसो आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई निर्घात कुटपिट गरी कार लुटेर लगेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.