गोदावरीमा चट्याङ लागेर एक पुरुषको मृत्यु
अत्तरिया : कैलालीमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरी रहेको प्रहरीले बताएको छ।
कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियण्ट ग्याँस कम्पनिको जमिनमा रोपाईँ गर्न आएका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।