एमाले कैलालीका अध्यक्ष थापालाई जिम्मेवारीबाट हटाइयो, कार्यवाहकमा जोशी

अत्तरिया : नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट हटाइएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेसँगै दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय पनि गरिएको छ। थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो। जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न निर्देशन पनि दिइएको बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.