कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गर्‍यो

धनगढी,१५ असार : कैलालीको कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गरेको छ । आज बिहान कैलाली, कञ्चनपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको छ।

कान्द्रा नदीको जल सतहले सतर्कता तह पार गरेको र बढिरहेको हुँदा नदी तटीय क्षेत्र, होचा र डुबान भइरहने क्षेत्रमा बिहान १० बजेसम्म विशेष सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। वर्षाका कारण मोहना, खुटिया लगायतका साना नदीमा बाढी आउन सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.