गोदावरी धाममा सरसफाई
अग्नी संवाददाता
अत्तरिया, १५ असार : कैलालीको गोदावरी धाममा सर–सफाई गरिएको छ । बैतडी, दार्चुला सांस्कृतिक सम्वर्दन समितिले ‘कला, संस्कृति, रितिरिवाज जगेर्ना हाम्रो अभियान, स्वच्छ एवम् सुन्दर गोदावरी धाम हाम्रो पहिचान’ भन्ने नाराका साथ आफ्नो नवौं साधारण सभाको अवसरमा गोदावरी धाममा बुधबार सरसफाई गरेको हो ।
असार १५ को अवसर पारी साधारण सभा सँग सँगै यस क्षेत्रको पवित्र देव भूमी गोदावरी धाम परीषरमा सरसफाई गरिएको कुरा समितिका अध्यक्ष नैन सिंह कार्कीले जानकारी दिए । गोदावरी धाम सरसफाईको कमीले कुरुप बन्दै गएको र यस क्षेत्रको प्रचार प्रसार सहित धार्मिक महत्व मानिएको गोदावरीमा सरसफाई गरिएको हो ।
वर्षातका कारण केही समय प्रभावित बनेको कार्यक्रम केही ढिला गरी संचालनमा आएको कार्यक्रमले बाजागाजा सहित गोदावरी क्षेत्रको वरीपरी सरसफाई सँग सँगै, यस नगरपालिका क्षेत्रमा छरिरहेका मानिसलाई जोड्दै नयाँ सदस्यताका लागि समेत विवरण भरेका छन ।