धनगढीमा अटो पल्टिदा १ जनाको मृत्यु
धनगढी : धनगढी उपमहानगरपालिमा अटो पल्टिदा एकजनाको मृत्यु भएको छ । बिहीवार बिहान उपमहानगरपालिका–३ बोराडाँडी चोकमा सुपप्र ०१–००१ ह ४६३२ नम्बरको अटो पल्टिएको हो ।
उक्त दुर्घटनामा दार्चुला लेकम गाउँपालिका–३ घर भइ धनगढी–४ उत्तरबेहडी बस्दै आएका ५० वर्षीय लक्ष्मण सिंह बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको हो ।