सिमान्तकृत परिवारलाई खाद्य सामग्री वितरण
अग्नी संवाददाता
अत्तरिया, १६ असार
राष्ट्रिय कृषक समुह महासंघले कोभिड प्रभावित साना कृषकहरूलाई सिमान्तकृत परिवारलाई खाद्य सामग्री वितरण गरेकाे छ । किसान समूहहरुको लागि खाद्य भौचरमा आधारित कार्यक्रम अन्र्तगत सामग्री हस्तान्तरण गरेको छ । १२ हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ७५ घरदुरी र गोदावरी नगरपालिकाका ७५ घरदुरीलाइ सामग्री हस्तान्तरण गरेको हो ।
कृष्णपुर नगरपालिकामा वडा नं. मा असार ७ गते सामग्री वितरण गरिएको हो । नगरप्रमुख हेम राजओझा को प्रमुख अतिथ्यमा सामग्री हस्तारण गरेको हो ।
यस्तै, कैलालीको गोदावरी वडा न ३ र वडा न १० मा पनि सामग्री वितरण गरिएको छ । नगर प्रमुख विरेन्द्र भट्ट को प्रमुख अतिथ्यमा सामग्री हस्तारण भएको हो ।

कृष्णपुर नगरापालिका र गोदावरी नगरपालिकाले किसानहरु प्रतिलक्षित गरि नगरपालिका बाट कृषि ऐन पास गरिसकेको र नीति तथा कार्यक्राममा विभिन्न सहयोगी संस्था संग साझेदारीमा रही दिर्घकालिन लाभ हुने योजना ल्याउने अबको नीति रहेको नगरप्रमुखहरुको भनाई रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम कार्य समितिका प्रकाश थापाले ३ महिना पनि खान नपुग्ने, विपन्न परिवार लाइ लक्षित कार्यक्रम रहेको र किसानहरुलाई दुवै नगरपालिका बाट राष्ट्रिय कृषक समूहमहासंघ नेपालको पहलमा केयर नेपालको सहयोगमा नगरपालिकाकोसाझेदारीमा कार्यक्रम ल्याउने बताए ।
अब चाडो नै ४ वर्गका किसानले सेवा सुविधामा आधारित किसान परिचयपत्र उपलब्धहुने र त्यसले किसान नगरपालिकादुवैलाइ दिर्घकालिन सहयोग पुर्याउने राष्ट्रिय कृषक समूहमहासंघ नेपालका िजल्ला परियोजना संयोजक विष्णु पन्थले बताए ।