कञ्चनपुर उद्योग बाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष सहित एघार जना निर्विरोध निर्वाचित
कञ्चनपुर : कञ्चनपुर उद्योग बाणिज्य संघको १७ औं कार्यकारिणी समितिको निर्वाचन अन्र्तगत बिहीबार बरिष्ठ उपाध्यक्ष सहित एघार जना निर्विरोध निर्वाचित भएका छन् । बाणिज्य संघ निर्वाचन समितिको कार्यालयले बिहीबार बेलुकी ४ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समयसीमा दिएको थियो ।
हालसम्म बरिष्ठ उपाध्यक्षमा युवा व्यवसायी दिनेश मल्ल, उद्योग उपाध्यक्षमा सुरेश गुरुङ्ग, सचिबमा राहुल भट्ट र कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी कार्यकारिणी समितिको सात जना सदस्य समेत निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा भोजराज अवस्थी, प्रदिप पाल, मीनराज भट्ट, प्रेमप्रकाश पाठक, बिशाल सोनार, गोपालसिंह बुडापाल, नरेन्द्र प्रसाद जोशी र संस्थागत सदस्यतर्फ चन्द्र बुडा निर्वाचित भएका छन् । बिहीबार दिनभरी सहमतीमै नेतृत्व चयन गर्न व्यवसायीहरु प्रयासरत रहेपनि सहमती जुट्न सकेन ।
अध्यक्ष पद, बाणिज्य उपाध्यक्ष र महासचिब पदका लागि आगामी असार २५ गते निर्वाचन हुनेछ । अध्यक्ष पदका लागि व्यवसायी पिताम्बर जोशी र गणेश चुनावी प्रतिस्र्धामा उत्रिदैछन् । त्यस्तै बाणिज्य उपाध्यक्षमा धर्मसिंह रावल र विनोद जोशीबिच प्रतिस्प्रर्धा हुनेछ । भने महासचिब पदमा निर्मला सोपकोटा भट्ट र खगेश्वर बोहरा चुनावी मैदानमा उत्रिएका छन् ।
उद्योग बाणिज्य संघमा जिल्ला भरी छरिएर रहेका तीन हजार दुई सय भन्दा बढी व्यापारी÷व्यवसायी निर्वाचनमा मतदाता रहेका छन् ।