बझाङमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

बझाङ : बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्मा गाउपालिका–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजे घट्टेखोलामा दुर्घटना हुँदा यात्रु २७ वर्षीय नरेश बोहराको मृत्यु भएको हो भने चालक विमल बोहरासहित ६ जना घाइते भएका हुन् ।

ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए । घाइतेको तत्काल उद्धार गरि जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.