बझाङमा करेन्ट लागेर युवक घाइते भएका युवकको हेलिकप्टरमार्फत उद्धार

बझाङ : बझाङमा एनटी फाईबरको तार तान्ने क्रममा करेन्ट लागेर एक युवक घाईते भएका छन् । काठमाण्डौको चोखान नगरपालिका घर भएका ४० वर्षीय सुमनबिक्रम शाह बझाङको बित्थडचिर गाउँपालिकाको धरान भन्ने स्थानमा लाईन तान्ने क्रममा करेन्ट लागेर घाईते भएका हुन् ।

घाईते शाहलाई हेलिकप्टर चाटर्ड गरेर उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। उनलाई खोड्पेबाट हेलिकप्टरमा नेपालगञ्ज लएिको खोडपे प्रहरी चौकीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.