प्लानेट ग्रिन नेपाल संस्थाले अत्तरियाको ६ लेन सडकमा वृक्षारोपण गर्ने
अत्तरिया : प्लानेट ग्रिन नेपाल संस्थाले मोहनापुल–अत्तरिया ६ लेन सडकमा वृक्षारोपण गर्ने भएको छ । यसका लागी उसले मोहनापुल–अत्तरिया सडक कार्यालय र जिल्ला प्रसासन कार्यालय सँग समन्वय गर्ने भएको छ । सोमबार संस्थाले अत्तरियामा आम भेला समेत गरेको छ ।
उसले गेटा बिमानस्थल जाने बाटो देखी अत्तरिया चोक सम्म बृक्षारोपण गर्ने भएको संस्था अध्यक्ष पुष्कर जोशी शर्माले बताए । सो कार्यमा धनगढी तथा अत्तरियामा रहेका विभिन्न निजि तथा अन्य संघसंस्था ,देश विदेशमा रहेका व्यक्तीहरु सँग सहकार्य गरिने जोशीले बताए।
वृक्षारोपण असार २५ गते समुदघाटन गरिने आयोजक संस्थाले जनाएको छ । सोही दिन गोदावरी स्थित गोरखपिठ,गोरखधुना क्षेत्र तथा गोदावरी का विभिन्न स्थानमा हरित गोदावरी को परिकल्पना अनुरुप संरक्षण सहितको वृक्षारोपण कार्य अगाडि बढाइने भएको छ ।