लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको अध्यक्षमा जोशी चयन

अग्नी संवाददाता
अत्तरिया, १८ असार : लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको वर्ष २०२२–०२३ का लागि नयाँ कार्य समिति चयन गरिएको छ । अध्यक्षमा युवराज जोशी चयन भएका छन् । यस्तै, गरी प्रथम उपाध्यक्षमा कुवेरबहादुर शाही, द्वितीय उपाध्यक्षमा खगेन्द्रराज जोशी, तृतीय उपाध्यक्षमा मनोजकुमार महतो, सचिवमा प्रेमबहादुर चन्द, कोषाध्यक्षमा नरेश ओझा, सह–सचिवमा खेमराज अवस्थी र सह–कोषाध्यक्षमा माया पाण्डे रहेका छन् ।
यस्तै, गरी समितिको डाईरेक्टर शुभाषचन्द्र भण्डारी, जनसम्पर्क अधिकारी तारानाथ ओझा चयन भएका छन । समितिको सदस्यहरुमा भुपेन्द्रकान्त पन्त, टेकराज जोशी, रोशनी जोशी रहेका छन् । निवर्तमान अध्यक्ष भिमराज ओझाको अध्यक्षतामा बसेको नियमित बैठकले नयाँ कार्य समिति चयन गरेको हो ।
बैठकमा पुर्व अध्यक्ष जनकराज जोशी, श्याम राज जोशी, कृष्ण राज पाण्डे, तिर्थराज पन्त लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.