अत्तरिया, १९ असार : भारत सरकारले कैलालीको गौरीगंगा नगरपालिका वडा नं. १ मा रहेको चौमाला बहुमुखी क्याम्पसलाई बस उपहार दिएको छ ।
चौमाला बहुमुखी क्याम्पसका प्रमुख मिनदत्त ढुंगानाले आइतबार उक्त बस बुझेको हुन् । नेपालमा रहेको भारतीय राजदूतावासले नेपालभर विभिन्न सङ्घ–संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको छ ।
नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ ।