सेती अस्पतालमा डायलाइसिस सेवा सुरु

धनगढी,१९ असार : धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालले आफ्नो डायलाइसिस सेवा बिस्तार गरेको छ। अस्पतालले नवनिर्मित भवनबाट १२ शय्याको डायलाइसिस सेवा बिस्तार गरेको हो।

उक्त सेवा नियमित सञ्चालन भइरहेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए। अब धनगढीमै मृगौला पिडितलाईसमेत सेवा लिन सहज हुनेछ। यसअघि भने यहाँका मृगौला पीडितहरू डायलायसिसका लागि अन्यत्र जान बाध्य थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.