धनगढी उपमहानगरको सभामा तनाव, एमालेको विरोध

धनगढी : धनगढी उपमहानगरको आज सोमबार बसेको आठौं नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपप्रमुख कन्दकला रानाले आफ्नो सल्लाह विना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन ।

उपप्रमुख रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनीधिले कुर्ची उठाएर फालेर उपप्रमुख रानाका समर्थन गरेका थिए । उता काँग्रेस पक्ष जनप्रतिनिधिले भने धनगढी प्रमुख गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ । प्रमुख हमालले उपमहानगरको बजेट ल्याउँदा कुनै सल्लाह नगरी पुस्तिका छपाएको भन्दै एमाले र माओवादीका जनप्रतिनिधिले बैठकमा नाराबाजीसहित विरोध गरेका हुन् । सो क्रममा उनीहरुले आफू बसेको कुर्सीले बिरोधी खेमातिर फालेका थिए ।

स्वतन्त्र उम्मेदवार बनेर उपमहानगरको प्रमुखमा विजय भएका हमाललाई भने काँग्रेस पक्ष जनप्रतिनिधिले ले समर्थन गर्दै बिरोधमा उत्रेका एमाले र माओवादी पक्षको प्रतिकार गरेको छ । १९ वटा वडा रहेको यो उपमहानगरपालिकामा उपप्रमुखसहित ६ वटा वडामा एमाले, काँग्रेसले ११ वटा वडामा र माओवादीले २ वटा वडामा जितेको छ । यसअघि उपमहानगरका हरेक बैठकको प्रत्यक्ष प्रसारण हुनेगरेकोमा सोमबारको बैठकमा विवाद भएपछि फेसवूकबाट गरिएको प्रत्यक्ष प्रसारण वन्द गरिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.