गठबन्धन सरकारले गर्दा आर्थिक संकट पैदा गर्‍यो : एमाले महासचिव पोखरेल

अत्तरिया : नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारले देशमा आर्थिक संकट पैदा गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सो आरोप लगाएका हुन् । एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेपछि मुलुकले दुष्परिणाम व्यहोरिरहेको उनले बताए । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले एमाले नेतृत्वको अघिल्लो सरकारको पालामा भन्दा झण्डै दोब्बरले मूल्यवृद्धि गरेको आरोपसमेत उनले लगाए ।
महासचिव पोखरेलले अवाञ्छित व्यक्तिको प्रयोग गरेर करका दायरा हेरफेर गर्ने अर्थमन्त्री जनार्दन शर्मालाई कारवाही गर्ने सवालमा प्रधानमन्त्री अग्रसर नहुनुले प्रधानमन्त्रीप्रति पनि आशंका उब्जाएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.