रामेछाप बस दुर्घटना : मृतकको संख्या ११ पुग्यो, पहिचान खुल्न बाँकी

रामेछाप : रामेछापको सुनापती गाउँपालिकामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ । रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।

घटनास्थलमा ९ र र उपचारका लागि लैजाँदै गर्दा बाटोमा दुई जनाको मृत्यु जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ । डिएसपी थिङका अनुसार २७ जना सवार बसमा एकजना बेपत्ता छन् । घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । घाइते केहीको अवस्था गम्भीर छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.