शिक्षकले विद्यार्थी कुटेको भाइरल भिडिओ भारतको : बझाङ प्रहरी

अत्तरिया : सामाजिक सञ्जालमा ‘बझाङमा शिक्षकले विद्यार्थीलाई कुटेको’ भन्दै छ्याप्प छ्याप्ती भएको भिडिओ बझाङको नरहेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालयले उक्त भिडिओ बझाङको नभइ भारतको रहेको बताएको छ। ‘बालकलाई निर्घात कुट्ने बझाङका शिक्षकलाई तुरुन्त कारबाही गर’ भन्दै मंगलबारदेखि सामाजिक सञ्जाल ९फेसबुक० मा शिक्षकले विद्यार्थीलाई कुटिरहेको भिडिओ भाइरल भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार आफ्नो आधिकारिक फेसबुक अकाउण्टमा सूचना जारी गर्दै यो भिडिओ भारतको भएकाले भ्रममा नपर्न आग्रह गरेको छ। उक्त भिडिओ भारतको पटनास्थित एक कोचिङ सेन्टरमा शिक्षकले छात्रलाई गरेको कुटपिट रहेको खुलेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.