डोटीमा मलामी गएका दुई युवक सेती नदीमा बगे

डोटी : डडेल्धुराका दुई युवक​ डोटीको सेती नदीमा बगेका छन्। बुधबार मलामी गएका अमरगढी नगरपालिका–६ स्थित छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार र विनोद ताम्राकार नदीमा बगेका हुन्। डडेल्धुराबाट मलामी गएका उनीहरू दुवैजना डोटीको शिखर नगरपालिका गोबिघाटस्थित सेती नदीको शव जलाउने ठाउँबाट नुहाउने क्रममा बगेको प्रहरीले जनाएको छ।

बगेकामध्ये विनोद सकुशल फेला परेका छन्। उनी बगेको स्थानबाट केही तल फेला परेका हुन्। यस्तै अर्का युवक वीरेन्द्र भने बेपत्ता भएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.