अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख चढ्ने गाडी वडा स्वास्थ्य क्लिनिकका लागि प्रयोग हुने भएको छ । सो गाडीलाई बुधबार एक कार्यक्रमकाबीच स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर महरालाई हस्तान्तरण गरिएको छ । नगर प्रमुख गोपाल हमालको उपस्थितिमा स्वामी १००८ देवराज आचार्यले महरालाई गाडीको चावी हस्तान्तरण गरे । धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा गएर स्थानीयलाई विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरेको छ ।
आउँदो साउन १ गतेबाट विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालन हुने नगर प्रमुख हमालले जानकारी दिए । विशेष वडा स्वास्थ्य क्लिनिक सञ्चालनका लागि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पाँच वर्षसम्म दुई जना विशेषज्ञ डाक्टरको तलब, भत्ता व्यहोर्ने सम्झौता गरेका छन् । यसैगरी, सामाजिक विकास मन्त्रालयले स्वास्थ्य उपकरण सहयोग गरेको जनाइएको छ । मेयर हमाल आफ्नै नीजि गाडीमा चड्दै आएका छन् ।
सम्बन्धित पाेस्टहरु