काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । संसद्मा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आफूमाथि प्रश्न उठेकाले राजीनामा दिएको बताए ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । अर्थमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठेपछि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले राजीनामा माग्दै आएको थियो । त्यस्तै, बुधबार नै उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।