घोडाघोडीको कार्यालयमा हातहतियारसहित प्रवेश गरेका ३ जना पक्राउ

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकाको कार्यालयमा हतियारसहित प्रवेश गरेका ३ जना पक्राउ परेका छन्। नगरपालिकाको वडा नम्बर २ साँडेपानीका ३६ वर्षीय विरबहादुर बोहरा, २८ वर्षीय भूपेन्द्र रावल र २६ वर्षीय रामप्रसाद चौलागाई बुधबार नगरपालिकाको कार्यालयमा घरेलु हतियारसहित प्रवेश गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको हो।

उनीहरु रिफ्रेस सेन्टर निमार्णको भुक्तानी माग गर्दै नगरपालिकाको कार्यालयभित्र हतियारसहित प्रवेश गरेको प्रहरीले बताएको छ। पुरानो योजनाको भुक्तानी नदिएकाले काटीदिन्छु भन्दै उनीहरु नगरपालिकाको कार्यालय प्रवेश गरेका थिए। तीनै जना मासु काट्ने हतियार र छुरासहित नगरपालिकाको कार्यालय प्रवेश गरेपछि कर्मचारी भागेका थिए। इलाका प्रहरी कार्यालयको टोलीले उनीहरुलाई मोटरसाइकलमा भाग्दै गर्दा पक्राउ गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.