बुढीगंगा–९ मतदान स्थलमा झडप, २३ राउण्ड हवाई फायर

बाजुरा : बाजुराको बुढीगंगा नगरपालिका(९ स्थित त्रिशक्ति माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा तनाव सिर्जना भएको छ। स्थिती नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड हवाई फायर गरेको छ।

मतदानस्थलमा मत हाल्न खोज्ने क्रममा दुई पक्षबीच सुरूमा भनाभन हुँदा हानाहान भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए। बाहिर लाइनमा बसेका मान्छेहरू भित्र छिर्न खोजे त्यही बेलामा झडप भएको उनले बताए। उनका अनुसार घटनापछि केहीबेर रोकिएको मतदान १२ ः ३५ देखि पुनः सुरु भएको छ।

झडप हुँदा दुई जना घाइते समेत भएको उनले बताए। घाइते हुनेमा नेकपा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवार भरत थापा र सीतादेवी थापा छिन्। उनी पनि समाजवादी की हुन्। यस वडामा सामाजवादी र कांग्रेसबीच गठबन्धन भएको छ। यहाँ गत वैशाख ३० मा स्थानीय चुनाव भए पनि बुथ कब्जा भएको भन्दै विवाद भएपछि पुनस् निर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरेको थियो। बुढीगंगामा नेपाली कांग्रेस र नेकपा एमालेबाट मेयर तथा उपमेयरका उम्मेदवार छन्।

कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ मेयर पदका लागि उम्मेदवार छन्। उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.