अत्तरिया : बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना अझै सुरु हुन सकेको छैन । बिहीबार भएको स्थानीय तह निर्वाचनको मतगणना आज ११ बजेबाट सुरु हुने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
बिहान साढे नौ बजेतिर सर्वदलीय बैठक बसेको र ११ बजेबाट मतगणना सुरु गरिने भएको बताए पनि सुरु हुन सकेको छैन । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको थियो। जिल्ला निर्वाचन अधिकारी नवराज अवस्थीका अनुसार पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको छ।