बुढीगंगा नगरपालिकाको मतगणना सुरु

बाजुरा, २४ असार : बाजुराको   बुढीगंगा नगरपालिकामा हिजो भएको निर्वाचनको मतगणना शुक्रबार मध्यान्ह १२ बजेदेखि सुरू भएको छ । मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।

मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको उनले बताए । मतगणना वडा नम्बर १ र १० बाट सुरू गरिएको छ । झण्डै १३ हजार मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको छ ।
बूढीगङ्गाको मेयरमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.