नायिका नीता ढुंगानाले गरिन ज्योतिष हरिहरसंग विवाह

काठमाण्डौँ : नायिका नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन्। आज काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको वैवाहिक समारोह भइरहेको छ।

करिब ३ वर्षदेखिको प्रेमलाई निता र हरिहरले विवाहमा परिणत गरेका हुन्। १० बजेदेखि सुरु भएको विवाह कार्यक्रममा निता र हरिहरको आफन्त र परिवारजन बाहेक उनीहरूको करिबका केही कलाकार इस्टमित्रहरुहरु मात्र सामेल भएका छन्। निता र हरिहरको २०७६ साल कार्तिकमा वीरगन्जमा भएको एक कार्यक्रममा भेट भएको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.