Agni Offset Press

गोदावरीमा पनि सुरु भयो ६ लेन सडकमा वृक्षारोपण

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले पनि ६ लेन सडकको वृक्षारोपण गर्न सुरु गरेको छ । मोहना–अत्तरिया ६ लेन सडक अन्र्तगत धनगढीमा वृक्षारोपण गरिए पनि गोदावरीमा हुन सकेको थिएन ।
शनिबार गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले अत्तरिया देखि मोहना एयरपोर्ट सम्मको खण्डमा वृक्षारोपण गर्ने कार्यको सुरु गरे । प्लानेट ग्रिन नेपाल र एभरेष्ट एकेडेमीको आयोजना र गोदावरी नगरपालिकोको संरक्षणमा गरिएको उक्त वृक्षारोपण
९ सय विरुवा रोपिने आकांलन गरिएको छ । वृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख भट्टले अत्तरियालाई क्लिन सिटी, ग्रीन सिटी बनाउने भन्ने अवधारणाका साथ आगाडि बढेको उद्घोष गरे ।


प्लानेट ग्रिन नेपाल संस्थाका अध्यक्ष पुस्कर शर्मा जोशीले वृक्षारोपण कार्य सुरु भएको अव लगातार वृक्षारोपणको गर्ने कार्य अगाडी बढ्ने बताए । उनले ६ लेन सडकको बिच भागमा बिरुवा रोपेर करिब ४ बर्ष सम्म संरक्षण गर्ने जिम्मा लिइने बताए । कार्यक्रम अन्तरगत क्रोटन, घण्टेश्वरी, गुलाव, सिरोज, प्लावरिङ्ग केक्टस, धुपी, एक्जारो, कामीनी लगाएतका बिरुवा रोपिदै छन ।

१४.२ किलोमिटर लम्बाईको मोहना अत्तरियाय ६ लेन सडक निर्माणका क्रममा १ हजार ४ सय ५४ रुख काटिएका भएपनि उक्त योजना अन्तरगत रुख रोप्ने योजना भने समेटिएको थिएन । धनगढी चौराहा देखि मोहना एरपोर्ट सम्म भने धनगढी उपमहानगरको समन्वयमा भाटभटेनी सुपरमार्केटले बृक्षारोपण गरिरहेको हो । चौराह देखि मोहना सम्म वृक्षारोपण सुरु हुन सकेको छैन ।

Goda1
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.