धनगढी, २५ असार : संस्कृतिविद् एबम् सामाजिक अभियन्ता डा.टिएन जोशी कैलाली जनपुस्तकालयको अध्यक्षमा पुन ः निर्वाचित भएका छन् । कैलाली जनपुस्तकालयको विकास र समृद्धिमा अहोरात्र खटिएका डा.जोशीलाई पुस्तकालयको ४५ औं साधारण सभाले पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । डा.जोशीले गत तीन वर्षमा कैलाली जनपुस्तकालयलाई स्मार्ट एबम् सुदूरपश्चिमकै नमूना बनाउने कार्यलाई तिब्रता दिएका छन् । उनले तीन तले स्मार्ट लाइब्रेरी भवन निर्माण कार्यलाई अन्तिम रूप दिएका छन् । अध्यक्षमा पुनः निर्वाचित भैसके पछि डा.जोशीले
सबैको सल्लाहमा आफू अगाडि बढ्ने र सुदूरपश्चिमकै नमूना पुस्तकालय बनाउने कार्यमा आफू सकृय रहने बताए । उनले पठन संस्कृतिको विकास, सांस्कृतिक कृयाकलापमा तीब्रता,राष्ट्रिय पुरस्कारहरूको स्थापना,इ लाइब्रेरी व्यबस्थापन,पुस्तक खरिद,अतिथि कक्ष , अनुसन्धान कक्ष र बाल कक्षको निर्माणमा जोड दिइने बताए ।
यस अघि ४५ औं साथारण सभाको सामाजिक विकास राज्य मन्त्री टेक बहादुर रैकाले उद्घाटन गर्दे पुस्तकालय चेतनाको संबाहक भएको बताउदै पुस्तकालयमा पछिल्लो समयमा भैरहेको विकास र परिवर्तनका लागि धन्यबाद व्यक्त गरे ।
यसै गरि साथारण सभाबाट अन्य १० जना सदस्य निर्बाचित भएका छन्। साधारण सभाबाट शिवराज ओझा, टंकप्रसाद जोशी,जयराज जोशी, ठाकुर करियाप्रधान चौधरी, सुशीला भट्ट, शेरसिंह खड्का,दुर्गा प्रसाद भण्डारी, टीआर पाठक, हर्क बहादुर बोहरा र सुभाष संकल्प भण्डारी सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत तेजबहादुर सिंहले बताए ।
साधारण सभाले सचिब टंक जोशीको प्रतिबेदन र कोषाध्यक्ष गगनसिह ऐरको प्रतिबेदन पारित गरेको छ ।
कैलाली जनपुस्तकालयका अध्यक्ष डा.टीएन जोशीको अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा पूर्व अध्यक्ष उमाकान्त जोशी, प्राध्यापक जगन्नाथ जोशी, पूर्व अध्यक्ष घनबहादुर शाह र उपाध्यक्ष शिवराज ओझाले मन्तव्य राखेका थिए ।
सम्बन्धित पाेस्टहरु