धनगढी, २५ असार : नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा दिनेश बिष्ट निर्वाचित भएका छन् । नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको चौथो अधिवेशनबाट बिष्ट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा लोकुसिँह ठकुरी, सचिबमा राजकुमार साउँद निर्वाचित भएका छन् । यस्तै, सहसचिबमा जर्नादन उपाध्याय, कोषाध्यक्षमा रमित पाण्डे तथा सहकोषाध्यक्षमा सरस्वती सफारी निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा सुर्दशन श्रेष्ठ, तेज बोहरा, राजन जैगडी, हरिष बम, क्षितीज साउँद, शारदा फुलारा, राम सुनार, मदन शाही, पवित्रा ढकाल चयन भएका छन् । यस्तै केन्द्रीय पार्षद ५ जना र प्रदेश पार्षद ४ जना चयन गरिएका छन् ।
सम्बन्धित पाेस्टहरु