अत्तरिया, २६ असार : गेटामा चिकित्सा विश्वविद्यालय संचालानर्थ गठित संघर्ष समिति का संयोजक लोकराज पान्डे ‘आगो’ ले गेटा मेडिकल कलेज संचालन को मोडालिटीको बारेमा पहिले सरकार क्लियर बन्नुपर्ने बताएका छन् । आइतबार संघीय संसद को स्वास्थ शिक्षा समितिले कैलालीको अत्तरिया मा आयोजना गरेको कार्यक्रम मा उनले यस्तो बताएका हुन् ।
उनले रातो किताबमा सरकारले बजेट छुट्याएको छैन कसरी सरकार ले ३ सय बेड को अस्पताल संचालन गर्छ भनेर प्रश्न गरे ? उनले अब सुदूरपश्चिमका जनता लाई ढाँटन नहुने बताए ।
‘सरकार ले देशभर मेडिकल कलेज खोलोस हामिलाई आपत्ति छैन तर यहाँ को मेडिकल कलेज संचालन हुनुपर्यो’ पान्डेले भने, ‘यसलाई कसैको मातहत मा राख्ने होइन स्वायत्त बिश्वविद्यालय बनाउनु पर्दछ । सुदूरपश्चिम विश्वविद्यालय मातहत राख्ने कुरो अस्वीकार्य छ ।’
गेटा मेडिकल कलेज को अध्यन, अनुगमन र अन्तर्कियाको लागि संघीय सदन को स्वास्थ शिक्षा समिति का ६ जना सांसद कैलाली पुगेका छन् । उनीहरुले सरोकारवालाहरुसंग अत्तरिया मा छ्लफल समेत गरिरहेका छन् ।
सम्बन्धित पाेस्टहरु