कञ्चनपुर उवा संघका अध्यक्षमा जोशी विजयी

धनगढी, २६ असार : कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्षमा पिताम्बर जोशी विजयी भएका छन् । आफ्ना प्रतिद्वन्द्वी गणेशदत्त जोशीलाई ५१६ मतान्तरले पारजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन ।

विजयी जोशीले एक हजार २९९ र पराजित जोशीले ७८३ मत प्राप्त गरे ।
यसैगरी, वाणिज्य उपाध्यक्षमा ७५८ मत प्राप्त गरेर धर्मसिंह रावल विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी वासुदेव जोशीले ४८८ मत प्राप्त गरे । महासचिवमा खगेश्वरप्रसाद बोहरा एक हजार २०१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी निर्मला भट्ट सापकोटाले ८०० मत प्राप्त गरिन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.