राष्ट्रिय ख्रीष्टियन महासंघ सुदूरपश्चिम अध्यक्षमा : नरिराम

अग्नी संवाददाता
अत्तरिया, २६ असार : राष्ट्रिय ख्रीष्टियन महासंघ सुदूरपश्चिम प्रदेशको विशेष अधिवेशन तथा प्रशिक्षण कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । अधिवेशनले डा. नरिराम लुहारको अध्यक्षतामा २९ सदस्ययी समिति चयन गरेको छ ।
समितिकाे उप प्रमुखमा विरकेश सुनार, शर्मिला ताम्राकार, मण्डली समन्वय विभाग प्रमुखमा गर्वलाल तामाङ, महिला विभाग प्रमुखमा अगुवा यशोदा देवी टमट्टा, प्रार्थना विभाग प्रमुखमा खुशीराम चौधरी चयन भएका छन ।
यस्तै, गरी अधिवेशनले महिला विभाग उप प्रमुखमा सरस्वती गुरुङ, मण्डली समन्वय विभाग उप प्रमुखमा सुरज नेपाली, सचिवममा करनबहादुर कैनी, सहसचिवमा दिल तामाङ, कोषाध्यक्षमा शेरबहादुर ताम्रकार चयन भएका छन ।
यस्तै, गरी सदस्यमा माने लुहार, जितराज भट्ट, हरिलाल ताम्राकार, अम्म चदारा, नवराज कामी, लोकबहादुर सुनार, धनबहादुर कामी, सन्तोष सुनाम, उत्तरराम टमट्टा, सनज चौधरी, केशव ताम्राकार, पञ्चराम राना, महेश लावड, राज मनराल, महेश नेपाली, नरेन्द्र कठायत आमोस सोव रहेका छन ।
राष्ट्रिय ख्रीष्टियन महासंघ कार्यवाहक अध्यक्ष डा. फिलेमोन खड्का क्षेत्रीले सरकारसंग आफ्नो ६ बुँदे सहमती भएको भए पनि एक बुँदा वाहेक अन्य कार्यान्वयन हुन नसकेको बताए । बर्षको एक दिन सार्वजनिक विदा वाहेक अन्य बुँदामा सहमती हुन नसकेको उनको भनाई रहेको छ । उनले आफ्नो सुदूरपश्चिमका सबै जिल्लामा उपस्थिति रहेको बताए । आफूहरुको माग सम्बोधन गर्न देशभर व्यापक रुपमा ध्यानार्कषण कार्यक्रमसमेत गरिने उनको भनाई छ । महासंघले सुदूरपश्चिमबाट सुरु गरेको प्रदेश भेला, विशेष अधिवेशन तथा प्रशिक्षण कार्यक्रम अन्य प्रदेशमा पनि गरिने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.