बैतडी : बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र बहादुर नेगीले राजीनामा दिएका छन् । कैलालीकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेपछि नेगीले सोमबार पदबाट राजीनामा दिएका हुन् ।
असार २१ गते राति कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलालाई बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो। ‘म प्रति आग्रह, पूर्वाग्रह राखेर अमुख व्यक्ति, राजनीतिक दलका भातृ संगठन र केही पत्रकारले चारित्रिक हत्या गर्ने प्रयास गरेका छन् नेगीले राजीनापत्रमा लेखेका छन् । भ्रामिक समाचारको सत्यतथ्य छानबिन नहुँदा सम्मका लागि आजकै मितिदेखि लागू हुने गरि क्याम्पस प्रमुख पदबाट राजीनामा गरेको छु । उनी सो क्याम्पसमा २०७३ साउन ६ गतेदेखि प्रमुख भइ काम गर्दै आएका थिए ।