अत्तरियामा ज्योति विकास बैंकको शाखा उद्घाटन

अग्नी संवाददाता
अत्तरिया, २७ असार : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा ज्योति विकास बैंकको शाखा विस्तार गरिएको छ । बैंकको ११३ औँ शाखा सोमबार उद्घाटन गरिएको हो । शाखाको एक औपचारीक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख भट्टले ज्योति विकास बैंकले यहाँका नागरिकको जिवनस्तर उकास्न महत्वपुर्ण भुमीका खेल्ने बताए । उनले वर्तमान समयमा बैंकहरुको ठुलो भुमीका रहेको भन्दै विशेष गरी व्यापारीहरुलाई आवश्यकता अनुसारका सेवा दिनुपर्ने बताए । कार्यक्रममा ज्योती विकाश बैंकका संस्थापक शेयरधनी प्रेमबहादुर भण्डारीले बैंकले आफ्नो दाईत्व पुरा गर्नकालागी समाजको सहयोग अनिवार्य रहेको बताए ।
बैंकले सामाजिक उत्तरदायीत्वको क्षेत्रमा पनि कार्य गर्दै आएको उनले बताए । ज्योती विकाश बैंकले ग्राहकवर्गलाई आवश्यकता अनुसारका सेवाहरु छिटो र छरितो रुपमा उपलब्ध गराउने उनले प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रममा बैंकका सिइओ चन्द्र भट्टले ज्योति विकास बैंकले नागरिकको जिवनमा सास्वत र सार्थक सम्वृद्धी लयाउनमा भुमीका खेल्दै आएको बताए । प्रविधियुक्त समयमा सेवाग्राहीहरुलाई आवश्यकता अनुसारका सेवाहरु उपलब्ध गराउने उद्देश्यले बैंकले शाखा सञ्चालनमा ल्याएको उनले बताए । देशभर ५० ओटा जिल्लामा शाखा रहेको बैंकले सुदूरपश्चिममा धनगढी, अत्तरिया, हसुलिया र कञ्चनपुरको महेन्द्रनगर गरी चार ओटा शाखा संचालमा ल्याएको छ । बैंकको चुक्ता पुजीँ करिब ४ अर्व  रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.