संसदीय अभ्यास आधारित बहस कार्यक्रम

अत्तरिया, २७ असार : गोदावरी नगरपालिकाको अत्तरियामा संसदीय अध्यासमा आधारित बहस कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नाम ‘गोदावरी बहस’ दिएको थियो ।
अत्तरियामा रहेको एभरेष्ट एकेडेमी र यार्डले संसदीय अभ्यासमा आधारित बहस कार्यक्रमको आयोजना गरेको हो । सोमबार अत्तरिया स्थित नमस्ते पार्टी ल्यालेसको हलमा ३०० जना विद्यार्थीको उपस्थिति तथा ८ जना विद्यार्थीको सहभागीतामा उत्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरुले संसदीय पद्धतिमा आधारित बहसको अभ्यास गरेका थिए ।
सरकारले निजी तथा सरकारी विद्यालयमा गर्दै आएको व्यवहारका बारेमा सरकार पक्ष तथा प्रतिपक्षको भुमीकामा बसी उनीहरुले बहस गरेका हुन् । सरकार पक्षले सरकारले निजी तथा सरकारी विद्यालयमा कुनैपनी किसीमको विभेद नगरेको जिकिर गरेका थिए भने प्रतिपक्षको भुमीकामा रहेका विद्यार्थीले त्यसको खण्डन गर्दै सरकारले निजी तथा सरकारी विद्यालयमा थुप्रै किसीमका विभेद गर्दै आएको बताएका थिए ।

सरकारका पक्षबाट प्रधानमन्त्री, उपप्रधानमन्त्री, सचेतक र सदस्य को भुमीकामा चार जना विधार्थी रहेका थिए । प्रतिपक्षको भुमीकामा पनि प्रमुख नेता, उपनेता, सचेतक र सदस्य गरी चार जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा गादावरी ८ मा रहेको समैजी मावि ३ मा रहेको खप्तड एकेडेमी, कञ्चनपुरको बेलौरीको विद्यालयका विद्यार्थीको समेत उपस्थिति रहेको थियो ।
त्यसैगरी गोदावरी नगरपालिकाका शिक्षा शाखा अधिकृत प्रयागराज जोशी, प्राविधिक सहायक विष्णुराज अवस्थी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगविर थापा, गोदावरी नगर अध्यक्ष श्याम खत्री, प्लानेट भिटीका सँस्थापक तथा संचालक पुष्कर शर्मा जोशी लगायत क्षेत्रमा आवद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो । उत्त कार्यक्रममा प्राविधिक समुन्वय गोदावरी नगरपालिकाले गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.