सुखड : कैलालीको घोडाघोडी नगरपालिका वडा नं ७ हरिनगरको वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । वडा अध्यक्षले स्थानीयहरूसँग छलफल नगरेर एकलौटी तरीकाले योजना छनोट गरेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन । आर्थिक वर्ष २०७९\२०८० को वडामा विनियोजित बजेट वडा अध्यक्षले एकलौटी ढङ्गले छुटाएको हुँदा आफूहरूले वडा कार्यालयमा तालाबन्दी गर्न बाह्य भएको स्थानीयहरूले बताएका छन् ।
वडा कार्यालयले गुपचुपमा योजना छनोट गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन । टोलमा ग्राभेल सडक, खानेपानी, नदी कटान लगायतको समस्या छ । तर योजना छनोट गर्दा कालोपत्रे सडकलाई पहिलो प्राथमिकतामा राखेको स्थानीय मोहन शाहीले बताए ।
कति पय ठाउँमा अझै सडकहरू ग्राभेल हुन नसकेर हिलाम्मे छन् तर वडा अध्यक्षले आफ्नो घर सम्म जाने सडकलाई कालोपत्रे गर्न लागेको उनले बताए । सडक कालोपत्रे भन्दा पनि हिलाम्मे सडकहरू ग्राभेल र नदी कटान रोक्न तटबन्धलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने उनको भनाई छ । पटक पटक वडाध्यक्ष सँग बसेर छलफल गर्दा पनि आफूहरूको मागको सुनाई नभएको स्थानीयहरूले बताएका छन् ।
कृतिपुर, हरिनगर, करैचा गाउँका स्थायिनहरु उपस्थिति वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।