अग्नी संवाददाता
अत्तरिया, २९ असार : कैलालीको गोदावरी नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ । बुधबार गोदावरी नगरपालिका मेयर विरेन्द्र भट्टको अध्यक्षतमा भएको कार्यक्रमले नगरलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेको हो । घोषणा कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य कार्यलय कैलालीका कार्यालय प्रमुख लालबहादुर धामी रहेका थिए ।
नगरमा राज्यको तर्फबाट क्षयरोग पोलियो, निमोनिया, दादुरा दाइफाइड, इन्स्पिलाटिइस लगायत १३ वटा खोपहरु लाई सनिश्चित गरेको स्वास्थ्यकर्मी उशा बलामपाकीले जानकारी दिइन् । जन्मे देखि १५ महिना र १५ महिना देखि २२ महिनाका बालबालिकालाई पूर्णखोप सुनिश्चिता दिगोपना सम्बन्धमा पालिकास्तरिए पूर्ण खोप सुनिश्तिचत समारोहमा गोदावरी नगरपालिका स्वास्थ्यकर्मी, वडा अध्यक्ष, सञ्चारकर्मी र स्थानीयहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित पाेस्टहरु