होल्डिङ सेन्टरमा सामुदायिक अस्पताल सञ्चालन गर्ने धनगढी उपमहानगरको प्रस्ताव

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले वडा नम्बर ३ मा रहेको होल्डिङ सेन्टरमा सामुदायिक अस्पताल सञ्चालन गर्ने प्रस्ताव गरेको छ। नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा निर्माण भएको होल्डिङ सेन्टर भवनमा उपमहानगरले सामुदायिक अस्पताल सञ्चालन गर्ने प्रस्ताव गरेको नगर प्रमुख गोपाल हमालले बताए।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई भेटेर सामुदायिक अस्पताल सञ्चालन गर्न भवन र संरचना उपमहानगरपालिकालाई प्रयोग गर्न दिनुपर्ने प्रस्ताव गरेको हमालले बताए।

नगर प्रमुख हमालको यो प्रस्तावमा स्वास्थ्य सचिव पोखरेल सकारात्मक रहेको हमालले बताए। साथै भेटघाटमा निर्माणाधिन गेटा मेडिकल कलेज सञ्चालनका लागि समेत छलफल भएको नगर प्रमुख गोपाल हमालले बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.