निसर्ग हस्पिटलमा मेघा बैंकलाई स्वास्थ्य सेवामा छुट

अत्तरिया, १० साउन : धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले मेघा बैंक नेपाल लिमिटेडलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवालिने बैंकका ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्र्टर प्रा.लि.का अध्यक्ष तिर्थराज पन्त तथा मेघा बैंकका शाखा अधिकृत योगेन्द्र अवस्थीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

निजीक्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवाप्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवद्र्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनका लागि सरलिकृत सेवादिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवाउपलव्ध गराउँदै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.