चेक बाउन्स मुद्दामा धनगढी-१२ का वडाध्यक्ष पक्राउ

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाका-१२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी-१२ बाटै उनलाई बुधबार नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको हो।

महरालाई जिल्ला अदालत कैलालीमा पेस गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ। चेक अनादरको मुद्दामा उनलाई अदालतमा उपस्थित गराइएको भनिएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए।

कृष्णकुमार रानाले वडाध्यक्ष महराविरुद्ध मुद्दा दायर गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.