दार्चुला : दार्चुलाका एक मेयर माथि पूर्व मेयरकी छोरीले बलात्कारको आरोप लगाएकी छन् । जिल्लाको शैल्यशिखर नगरपालिकाका मेयरमाथि पूर्व मेयरकी छोरीले बलात्कारको आरोप लगाएकी हुन्।
शैल्यशिखरका पूर्व मेयर तथा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयसिंह धामीसँग पराजित भएका मेयरका उम्मेदवार अमरसिंह धामीकी छोरी करुणा बिष्ट (धामी) ले हालका मेयर विजयसिंह धामीविरुद्ध उक्त आरोप लगाएकी हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा बलात्कारको आरोप लगाउँदै आइरहेकी छिन् । करुणाले सङ्कटकालका बेला अहिलेका मेयर विजयसिंहले सोही ठाउँकी एक स्थानीय महिलामाथि बलात्कार गरेको आरोप लगाइन्। उनले पीडित महिला जीवितै रहेको र यो २०६१ सालमा घटाएको बताएकी छन् ।
सो घटनामा पाँच जनाले महिलामाथि बलात्कार गरेका थिए। भने ती पाँच जनामध्ये अहिलेका मेयर प्रमुख पीडक रहेको उनको दाबी छ। मेयर विजयसिंह धामीले आफूमाथि झुटो आरोप लगाएर चरित्रहत्या गरेको बताए। आफ्नो बुवा चुनावमा हारेका कारण उनकी छोरी (करुणा)ले पटक–पटक आरोप लगाउने गरेको मेयर धामीले बताए।