अत्तरियाको गुँरास एकेडेमीले ल्यायो एसइईमा ३.९० जिपीए

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरीयामा रहेको गुँरास एकेडेमीले यस बर्षको एसइईमा सुदूरपश्चिममा ३.९० जिपीए ल्याएको छ। विद्यालयका कार्यकारी निर्देशक डम्बर सिंह कडायतले कोभिड १९ का कारण २०७८ सालमा भौतिक रुपमा लिइएको एसइई परीक्षाको नतिजामा ३.९० जिपीए विद्यालयले ल्याएको बताए । देशभरबाट ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको थियो ।
कडायतले गुँरास एकेडेमीले बिगत बर्ष जस्तै यस बर्ष पनी सो जिपीए प्राप्त गरेको बताउँदै सुदूरपश्चिममा अब्बल शैक्षिक संस्थाको रुपमा उभ्याएको बताए। साथै यस बिद्यालयमा थप तिन जना बिद्यार्थीले ए ग्रेड ल्याएको जानकारी दिए। बाँकी सबै बिद्यार्थीहरुले राम्रै जिपिए ल्याएर उर्तिण भएको उनको भनाई रहेको छ । यस बिद्यालयमा कक्षा ११ र १२ मा बिज्ञान र ब्यवस्थापनको पठनपाठन भैरहेकोले कक्षा १२ को बिज्ञान समुहमा पनी आगामी दिनमा सुदूरपश्चिम प्रदेशमै अब्बल सावित हुने बिद्यालयका कार्यकारी निर्देशक कडायतले बताएका छन् । कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो। यसपटक कोभिड महामारीको दुई वर्षपछि मात्रै बोर्डले परीक्षा सञ्चालन गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.